Thursday 27 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

सामाजिक स्थायित्व, विकास, एकता, समृद्धि लगायतको सकरात्मकतालाई प्रवद्र्धन गर्न र अभ्यासमा ल्याउनका लागि शान्ति अपरिहार्यता भएकाले शान्तिको महत्व र आवश्यकतालाई बुझ्न र बुझाउने हेतुले आयोजना गरिएको समावेशीतामा आधारित मिसेस् नेपाल पिस २०२२ प्रतियोगिता सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा फोटोजेनिक विधाको अवार्ड सहित हिना शुक्लाले मिसेस् नेपाल पिस २०२२ को ताज पहिरिन सफल भइन् । उनलाई कार्यक्रममा ब्रान्ड एम्बेसडर समेत रहेकी अभिनेत्री रिचा शर्माले विजेताको ताज पहि¥याएकी थिइन् । प्रतियोगितामा पर्सनालिटीको अवार्ड सहित रिमा खड्का फस्ट रनर्स अप, सुबिना शाक्य सेकेन्ड रनर्स अप, सीमा सर्राफ थर्ड रनर्स अप तथा रेश्मा पुरी फोर्थ रनर्स अप विजेता चयन गरिएका थिए ।
प्रतियोगितामा अन्जु ढुंगानाले पब्लिक च्वाइस, विनिता प्रधानले भ्युअर्स च्वाइस, हिरा देवी श्रेष्ठले ट्यालेन्ट, सबी ह्याउँमिखाले म्यानेज्मेन्ट च्वाइसको ताज पहिरिन सफल भए । एमी इन्टरटेन्मेन्टका लागि एमी रौनियार आयोजक रहेको सो प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले गरेको थियो भने व्यवस्थापकीय भूमिकाका सानु खान रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी एवं संचालन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।
कार्यक्रममा अभिनेत्री रिचा शर्मालाई मानार्थ मिसेस् नेपाल पिस २०२२ का रुपमा ताज पहि¥याइएको थियो ।
फोटोग्राफर राज भाई सुवाल, सौन्दर्य व्यवसायी सिता पाठक, संचारकर्मी एवं चलचित्र निर्माता सृजना जोशी, ब्युटी क्वीन एवं महिला उद्यमी आस्था साखःले निर्णायकको भूमिका निर्वाह गरेको सो प्रतियोगिता अन्तर्गत संगिना ताम्राकार वेष्ट ड्रेस तथा वेष्ट पिस प्रोजेक्ट जित्न सफल भएकी थिइन् । यसैगरी अनिशा सुवेदीले वेष्ट वाक, अनिशा सुवेदीले वेष्ट स्माइल, अन्जु न्यौपानेले कन्जिनियालिटी तथा मनिशा रेग्मीले कन्फिडेन्ट विधाको अवार्ड आफ्नो पक्षमा पारेका थिए । प्रतियोगिताका सबै सहभागिहरुलाई मिसेस् नेपाल पिस कार्यक्रमको आजीवन सद्भावना दूतका रुपमा सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय