जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको मिस टिन नेपाल २०२२ को उपाधिमा काठमाडौंकी प्रतिक्षा डंगोल आफूलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भएकी छिन् । सहभागिहरु मध्ये उत्कृष्ट प्रस्तुति गर्न सफल भएकी प्रतिक्षा अठारौं संस्करणको मिस टिन नेपालको ताज पहिरिएकी हुन् । प्रतियोगितामा चितवनकी सुस्मिता अधिकारी फस्ट रनर्स अप तथा भक्तपुरकी सुस्जिता पौडेल सेकेण्ड रनर्स अप छनौट भएकी थिइन् । काठमाडौं जेसिसको आयोजनामा संचालन भएको सो प्रतियोगितामा परिका भण्डारी पब्लिक च्वाइस तथा ट्यालेन्ट, पूजा वली वेष्ट स्कीन, विभूषा बस्नेत इन्टिलेक्चुअल, विसुका कोइराला एथ्लिट, सुम्निमा पुरी वेष्ट वाक, सुस्मिता अधिकारी मिलनसार अवार्डमा विजेता छनौट गरिएका थिए । प्रतियोगिता प्रिया रानी लामाको कोरियोग्राफीमा सम्पन्न भएको थियो


