Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

मोडलिङमा आफ्नो भविष्य खोज्ने युवापुस्ता लक्षित गरी आयोजना गरिएको नेक्स्ट सुपर मोडल नेपाल २०२२ प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा शैलेश मगर र रबिया नगरकोटी विजेताका रुपमा चयन भएका थिए । संजय पुरी र साक्षी बास्तोला भने फस्ट रनर्स अप उपाधिमा आफ्नो नाम दर्ता गराउन सफल भए । ट्यालेन्ट पिक नामक संस्थाको ब्यानरमा पर्मानन्द चौधरीले आयोजना गरेको सो कार्यक्रममा स्वस्ति डंगालले व्यवस्थापकीय अविभारा निर्वाह गरेका थिए । सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी एवं संचालन रोजिन शाक्यले गरेका हुन् ।
सो प्रतियोगिता अन्तर्गत आयुषा मिश्रा र रबिया नगरकोटी मोस्ट पपुलर, श्याम गुरुङ र मलिना राना पब्लिक च्वाइस, अर्बिन नेपाल र साक्षी बास्तोला वेष्ट डे«स, संंजय पुरी र रबिया नगरकोटी वेष्ट वाक तथा शैलेश मगर र नम्रता शाही ठकुरी फोटोजेनिक विधामा विजेता चयन गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय