आश्विन , तेक्वान्दो कोच रमिला खत्रीले भर्शटायल स्पोर्ट प्रसंनालीटी अफ द इयर अवार्ड प्राप्त गरेकी छिन् ।
देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ अन्तरगत तेक्वान्दो कोच रमिलाले भर्शटायल स्पोर्ट प्रसंनालीटी अफ द इयर अवार्ड पाएकी हुन् ।
सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर दुबईमा कार्यक्रम गर्दै ३४ जनालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’ वितरण गरेको छ । त्यसमध्ये तेक्वान्दो कोच रमिलाले भर्शटायल स्पोर्ट प्रसंनालीटी अफ द इयर अवार्ड पाएकी हुन् । तेक्वान्दोको थर्ड डान तथा रेफ्री समेत रहेकी रमिलाले मलेसिया, सिंगापुर, थाइल्याण्डमा तीन वटा गोलमेडल जितेकी छन् ।

एसियन मुलका सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।
सन् २०१९ मा कोभिड–१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो ।



