Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

पुरुष व्यक्तित्व र बौद्धिकता सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर युनिभर्स २०२२ मा नेपालका तर्फबाट अनुप कार्की प्रतिस्पर्धीका रुपमा उभिने भएका छन् । यही अक्टोबर १० देखि आरम्भ भएको सो प्रतियोगितामा नेपालका अनुपले मिष्टर युनिभर्स २०२२ को मुख्य उपाधिका लागि भारत, अफगानिस्तान, बंगालदेश, सुदान, पियर्टो रिको, डोमिनिकन रिपब्लिक, फिलिपिन्स, दक्षिण अफ्रिका, घाना, नाइजेरिया, भियतनाम, युएसए, इन्डोनेसिया र अष्टे«लियाका प्रतिस्पर्धीहरु सित प्रतिस्पर्धा गर्नेछन् । ६ फिट अग्लो शरीरका धनी २४ वर्षिय अनुप कार्कीलाई मिष्टर युनिभर्स २०२२का लागि म्यानहन्ट इन्टरनेसनल नेपाल समेत रहिसकेका ध्रुव बुढाथोकी नेसनल डाइरेक्टर रहेको नेपालको आधिकारिक संस्था गड्स अफ हेभन इभेन्ट्स प्रा.लि.ले छनौट गरेको हो । यस अघि अनुपले नेक्स्ट मोडल्स नेपालको आयोजनामा संचालन भएको मोडल हन्ट नेपाल २०२१ मा फस्ट रनर्स अपको स्थान हासिल गरेका थिए । मोडलिङको विभिन्न विधामा सक्रिय रहँदै आएका अनुपले रनवे मोडलिङतर्फ नमूना कलेज अफ फेसन टेक्नोलजी, आईसी कलेज अफ आर्ट एण्ड फेसनका ग्राजुएसन शो जस्ता प्रतिस्थित फेसन शोहरुमा वाक गरिसकेका छन् । मिष्टर युनिभर्स २०२२ को फाइनल प्रतिस्पर्धा भारतको लखनउ शहरमा आगामी अक्टोबर १६ तारिखका लागि तय गरिएको छ । प्रतियोगिताको आयोजना ट्रान्फर्मेसन नाइट्स फेसन एण्ड प्रोडक्सनको ब्यानरमा हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय