Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

यतिखेर नेपालकी ऐश्वर्या श्रेष्ठ इन्डोनेशियामा रहेकी छिन् र उनको मिस ग्राण्ड इन्टरनेसनल २०२२ का लागि विश्वका ६८ मुलुकका सुन्दरीहरुसित प्रतिस्पर्धा गरिरहेकी छिन् । काठमाडौंकी २५ वर्षिया ऐश्वर्या कज्मो इभेन्ट्स र बलिक्लब ग्रुपको आयोजनामा काठमाडौंको लाजिम्पाटस्थित होटल शंकरमा सम्पन्न मिस ग्राण्ड नेपाल २०२२ को उपाधि विजेता बनेकी हुने । मिस ग्राण्ड नेपाल २०२२ उपाधि विजेता बनेपछि उनका लागि मिस ग्राण्ड इन्टरनेसनल २०२२ का लागि नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो ।

दशौं संस्करणको मिस ग्राण्ड इन्टरनेसनल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आउँदो अक्टोबर २५ तारिखका लागि तय भएको छ । फाइनल प्रतिस्पर्धा इन्डोनेशियाको वेष्ट जाभा प्रदेशको बोगर रिजेन्सीस्थित सेन्टुल इन्टरनेसनल कन्भेन्सन सेन्टरमा संचालन हुनेछ । यस पटकको मिस ग्राण्ड इन्टरनेसनल प्रतियोगितामा स्पोर्टस् वेयर कम्पीटिसन, बाली ट्राडिसनल कस्ट्युम परेड, स्वीमवेयर परेड, क्लोज्ड डोर इन्टरभ्यु, नेसनल कस्ट्युम कन्टेष्ट, जकार्ता मुस्लिम फेसन विक, प्रिलिमिनरी कम्पिटिसन र अन्ततः ग्राण्ड फाइनल इभेन्ट गरी मुख्य आयोजना तथा इभेन्टहरु समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय