Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

२७ असोज,
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् ।

लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो ।

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुुग्नेछ ।

खेलाडीहरू बिहीबार बिहान शान्तिदीपबाट जलाइएको टर्च लिएर लुम्बिनीस्थित मुख्य मायादेवी मन्दिर परिसरको परिक्रमा गरी पोखरातर्फ प्रस्थान गरेका छन् ।

सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो ।

नेपाल खोखो सङ्घका महासचिवसमेत रहनुभएका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूूमि शान्तिदीपबाट लिएर गएको टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय