Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

काठमाडौँ , शैक्षिक परामर्श सेवा दिदैँ आएको पुतलीसडकस्थित युनिभर्सल थट कन्सल्ट (युटिसी) ले व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने दश जोड दुुई पास गर्न सफल विद्यार्थीहरुको लागि शैक्षिक गन्तव्य पहिचान गर्न सजिलो होस भनी विगत पाँच वर्षदेखि गर्दै आइरहेको दुइ दिर्ने टेक्सास म्यानेज्मेन्ट एण्ड आइटी एक्सपो’ प्रज्ञा भवन कमलादीमा भव्यताको साथ सम्पर्न भएको छ ।

पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका सहायक डीन प्रोफेसर डा ध्रुुव गौतम र कार्यक्रमका विशेष अतिथि रमेश शिलवालले संयुक्तरुपमा उद्घाटन गर्नु भएको कार्यक्रम दुइ दिन सम्म सन्चालन भएको थियो ।

उक्त कार्यक्रम दश जोड दुई पास भएका १० हजार भन्दावढी विद्यार्थीहरुले एक्सपो अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष राजेश पुडासैनीले यसनेपाली डटकमलाई जानकारी दिनु भयो ।
साथै द्रोस्रो दिनको कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरुले नृत्य गायन तथा वाध्यवादन कार्यक्रम गरि उपस्थित हजारै विद्याथीहरुलाई मनोरन्जन प्रदान गरेका थिए भने राष्ट्रिय कलाकारहरु प्रमोद खरेल टिका प्रसाई लगायतको साङ्गितिक प्रस्तुतीले झनै विद्यार्थीहरु उमंग थपेको थियो ।

मोटीभेश्नल स्पीकर शौरभ लोहनीले विद्याथीहरुलाई जीवनलाई कसरी सफलतामा परिणत गर्ने भन्नेवारेमा प्रेरक वचनहरु दिनु भएको थियो । साथै राजा राजेन्द्र पोखरेलको हास्यव्यङ्े प्रस्तुतीले सवैको मुहारमा हासो छर्नु भएको थियो ।

तस्वीरहरु ः सुजित खनाल ,यसनेपाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय