Wednesday 17 June 2026 / बुधबार, ३ असार २०८३

असोज, ३०
शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार विहान १०३ वर्षको उमेरमा निधन भयो ।

उनको पार्थिव शरीरको अन्त्येष्टि गरिएन, बरु दुई छोरा अनुराज र डा पूर्णराजले साँझपख शंखमुलस्थित बागमती घाटमा बाबुको जन्मकुण्डली जलाए ।

परिवारले जोशीको शव भने ललितपुरस्थित किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरेको छ । कलेजका कार्यकारी निर्देशक डा सुरज ब्रजाचार्यका अनुसार जोशीले आफू जीवित हुँदै शरीर दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका थिए ।

‘जीवित हुँदा हस्ताक्षर गरे पनि मृत्यु पछि के गर्ने भन्ने सबै अधिकार परिवारमा जान्थ्यो’, उनले भने, ‘त्यहीअनुसार छोरा अनुराज जोशी लगायतलाई खबर गरेका थियौं, उहाँहरुसँग छलफलपछि अन्तिम संस्कार नगर्ने टुंगो लाग्यो ।’

जोशीको पारिवारिक स्रोत अनुसार मृत शरीरलाई मेडिकल कलेजमा कसरी राखिएला ? राम्रो संरक्षण होला कि नहोला ? भन्ने चिन्ता भएकाले शव अस्पताललाई राख्न स्वीकृति दिने वा नदिने भन्नेमा परिवार अलमलिएको थियो ।

अस्पतालका एनाटोमी एवं फरेन्सिक विभागका प्रमुख प्रा डा कृष्णसिंह बस्नेत लगायतसँग छलफलपछि जोशीको शरीर अध्ययनका लागि दिने सहमति भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय