Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्यामा धेरै अगाडि रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको काठमाडौं विश्वविद्यालयको २६औँ दीक्षान्त समारोहमा उनले भने, ‘नेपाल तपोभूमी, ‘नेपाल विद्यामा धेरै अगाडि छ । देवभूमि र ऋषिमूनिहरूको जन्म भएको भूमि हो ।’समारोहमा २ हजार ६ सय ८० विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा भएको समारोहमा २ हजार ६८० विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षित भएकामध्ये १५ जना बालुवाटरमा नै उपस्थित भएका थिए भने अरुलाई भर्चुअल माध्यमबाट दीक्षित गरिएको थियो । समारोहमा एमबीबीएसकी आयुस्मा आचार्यले गोल्ड मेडल पाएकी थिइन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय