Sunday 6 September 2026 / सोमबार, २२ भाद्र २०८३

एडिलेड, २४ कार्तिक,
इंग्ल्यान्डले भारतमाथि एकोहोरो १० विकेटको जित निकाल्दै बिहीबार ट्वान्टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अब आइतबार अस्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानको सामना गर्नेछ ।

हारले ट्वान्टी-२० क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टिम भारत भने प्रतियोगिताबाट निराशाजनक रूपमा बाहिरिएको छ ।

सन् २०१० को च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी-२० विश्वकपको फाइनल पुगेको यो तेस्रोपल्ट हो ।

पहिले ब्याटिङ गरेको भारतले १ सय ६९ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरे पनि इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याटिङ जोडी जस बटलर र एलेक्स हेल्सले उत्कृष्ट प्रदर्शन गरे । उनीहरूले ट्वान्टी-२० विश्वकपकै सबैभन्दा ठूलो साझेदारी गरे ।

जितसम्म पुग्ने क्रममा इंग्ल्यान्डले बिना कुनै विकेटको क्षति १६ ओभरमा १ सय ७० रन बनाएको थियो ।

उसका लागि जस बटलरले ४९ बलको सामना गर्दै ८० रन बनाए । उनले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै एलेक्स हेल्सले ४७ बलमा ८६ रन बनाए । उनको ब्याटबाट भने ४ चौका र ७ छक्का निस्केको थियो ।

त्यसअअघि इंग्ल्यान्डले टस जितेर भारतलाई ब्याटिङका लागि निम्तो दिएको थियो । त्यस क्रममा भारतले ६ विकेटमा १ सय ६८ रन बनाएको थियो ।

त्यसका लागि विराट कोहली र हार्दिक पान्ड्याले अर्धशतक बनाए । कोहलीले ४० बलमा ५० रन बनाए । यस्तै पान्ड्याले ३३ बलमा ६३ रन बनाए । इंग्लिस बलरमध्ये क्रिस जोर्डले तीन विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय