काठमाडौं: आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट प्रकाशमान सिंह र बाल कृष्ण न्यौपानेको कडा प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ।
काठमाडौं क्षेत्र नं. १ मा पार्टीगत र स्वतन्त्र उम्मेदवार गरि कुल ३१ जनाले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् । रबिन्द्र मिश्र, किरण पौडेल, रमेश प्रसाद खरेल,प्रकाश नायजु, पुकार बम पनि यसै क्षेत्र बाट चुनाव लड्दै छन् तर प्रकाशमान सिंह र बाल कृष्ण न्यौपानेको जति चर्चा अन्य उम्मेदवाहरुको त्यत्ति देखिदैन। अलिक चर्चामा आएका रबिन्द्र मिश्र लाई वेकशील साझाको आन्तरिक कलह मिलाउन नसकेर पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेको र पार्टी नै लाथालिंग पारेर राप्रपा प्रवेश गरेका मिश्रलाई विवेकशील साझा पार्टी भित्रैबाट असंतुष्ट पक्षले नकरात्मक भूमिका निभाउन सक्ने आशंका देखिन्छ।
किन भने, उनि माथि विवेकशील पार्टीको अस्तित्व नै मेटाउन लागि परेको, त्यसैको परिणाम स्वरुप मिलन पाण्डे समूहलाई पार्टी बाट निष्काशन गरेको आरोप छ। भने रमेश प्रसाद खरेल पनि प्रहरी महानिरीक्षक पदको स्पर्धामा सर्वेन्द्र खनालले उछिने पछि संगठन छाडेका खरेल त्यसपछि सत्तासँग स्थायी असन्तुष्टको रूपमा सक्रिय छन् । त्यही क्रममा प्रतिसोधपूर्ण भावानाका कारण उनले पार्टी गठन गरेका हुन् । २० लाख भ्रष्टाचार गरेको स्वीकारोक्ति पूर्ण अभिव्यक्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको कारणले गर्दा चुनावमा यसको प्रभाव पर्ने देखिन्छ।
२०५१ देखि काठमाडौं १ मा निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पुनः उम्मेदवारी दिएका छन् । २०५१, ०६४, ०७० र ०७४ मा उनी सांसद् निर्वाचित भइसकेका छन् । चार दशकदेखि राजनीतिमा पटक-पटक मन्त्री भएका नेता हुन् । तर अहिले भने उनलाई चुनाव जित्न ठुलो संघर्ष गर्नु पर्ने देखिन्छ।
सिंहले लामो समय देखि राजनीतिमा र सत्तामा रहदाँ पनि यस क्षेत्रको लागि खासै उल्लेखनिय काम गर्न नसकेको स्थानिया जन गुनासो रहेको छ। मेलम्चि खानेपनि योजना पनि आफुँ मन्त्रि हुदाँ भ्रष्टाचार गरि योजाननै अग़ाडि बढाउन नसकेको उनि माथि आरोप छ। यस कारण काठमाडौं बासी उनि माथि आक्रोशित छन् साथै सामाजिक संजालमा सिंह बिरुद्ध चलेको ले पनि नकरात्मक प्रभाव पारेको देखिन्छ।
भ्रष्टाचार बिरोधि अभियान, महाकाली सन्धि, टनकपुर सम्झौता, नागरिकता विधेयक जस्ता महत्वपूर्ण विषयमा रिट हालेर चर्चा कमाउन सफल नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बाल कृष्ण न्यौपाने लाई पनि प्रकाशमान सिंहका मुख्य प्रतिस्पर्धीको रूपमा लिन सकिन्छ । भ्रष्टाचारको अन्त्य, राज सस्थांको स्थापाना, हिन्दु राज्य उनका मुख्य नारा रहेका छन् ।
बालुवाटार काण्ड, क्यान्टोनमेन्ट घोटाला जस्ता कार्य गर्ने सम्पुर्ण भ्रष्टाचारी नेताहरुलाई जेल हाल्नु पर्दछ भन्ने उनको मान्यता रहेको छ। कानुन क्षेत्रमा वरिष्ठ अधिवक्ताको लामो अनुभव बटुलेका निडर वक्ता न्यौपाने काठमाडौँ १ कै स्थानीय बासिन्दा भएका कारणले यस क्षेत्रमा उनको राम्रो पकड रहेको र जित सुनिश्चि रहेको उनि बताउँदछन्। यस क्षेत्र भन्दा बाहिर बसोबास गर्ने अनि चुनावको लागि मात्र भोट माग्न आउने टुरिस्ट उम्मेदवारहरुले यहाँका जनताको भावाना बुझ्न नसक्ने उनको भनाइ रहेको छ। प्रकाशमान सिंह काठमाडौँ ७ का बासिन्दा हुन भने खरेल काठमाडौँ ३ र रबिन्द्र मिश्र ललितपुर ३ का बासिन्दा हुन।
यि सम्पुर्ण विषय आकलन गर्दा बाल कृष्ण न्यौपानेले चुनाव जित्ने प्रवल सम्भावना देखिन्छ।

