गायक डा. मुकुन्द रेग्मीको ‘म सधैँ’ बोलको गीत सार्वजनिक भएको छ ।
रेग्मीकै शब्द र संगीत रहेको गीतको एरेन्जर राहुल विश्वकर्माले गरेका हुन् ।
रुप र धन हेरेर मात्रै माया प्रेम हुँदैन, माया त भावनाले हुन्छ भन्ने थिम गीतको भिडियोले उठाएको छ ।
भिडियोमा विनोद बस्नेत र साहारा कोइरालाको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन आचार्य गोपालले गरेका हुन् । हिमाल शर्माको छाँयाकन र चानास पुन मगरको सम्पादन रहेको भिडियोमा काठमाडौँका विभिन्न सुन्दर दृश्यहरु समावेश छन् ।


