Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

मलेसियाको क्वालालम्पुरमा हालै सम्पन्न भएको एक अवार्ड कार्यक्रममा नेपाल तथा विभिन्न देशका व्यक्तिहरुलाई हेरिटेज इन्टरनेसनल अवार्डस् २०२२ बाट पुरस्कृत गरिएको छ । समाज, संस्कृति र सम्पदाको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लामो समयको सक्रियता र योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो । उक्त अवार्डबाट पुरस्कृत हुनेहरुमा अन्तर्राष्ट्रिय नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यलाई आइकोनिक प्याजेन्ट कोरियोग्राफर अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी नेपाली नाट्य क्षेत्रका कहलिएको नाम तथा थिएटर भिलेज नेपालका संस्थापक एवं आर्टिष्टिक निर्देशक तथा व्यवस्थापक विमल सुवेदी र ब्राण्डेसी मिडिया नेपालका प्रबन्ध निर्देशक आशिष कँडेल पनि हेरिटेज इन्टरनेसनल अवार्डस् २०२२ बाट पुरस्कृत भएका छन् ।


नेपाली बाहेक भारतका सिमल मल्लिक, मलेसियाका जेसन ही जी पिन, ज्याक च्यान, वेस्ली सअ, बेन्जी योङ, गान कियान टी र एस्थर चिन, मिसोससलजीका सिईओ निकोलो पाउलो भेन्चुरा, वल्र्ड ब्युटी प्याजेन्टस् अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर पनि हेरिटेज इन्टरनेसनल अर्वाडस् २०२२ बाट पुरस्कृत भएका हुन् ।
सम्पूर्ण अवार्ड विजेताहरुलाई हेरिटेज प्याजेन्टस् तथा ई प्लानेट प्रा.लि. सिंगापुरका संस्थापक अध्यक्ष सन्तोष सापकोटा तथा इन्टरनेसनल निर्देशक सुसन सानफुर्नी कोले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड कार्यक्रम मलेशियाको क्वाललम्पुर स्थित भिभा मल रहेको मेगा स्टार एरिनामा गएको नोभेम्बर १८ तारिखमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय