Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एण्ड मिसेस् हेरिटेज इन्टरनसनल २०२२ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटलाई विधागत अवार्ड प्राप्त भएको छ । प्रतियोगितामा मिसेस् तर्फकी सहभागिता परिन्दा परी श्रेष्ठ मिसेस् एलिगेन्स विधामा विजेता चयन भएकी हुन् भने मिस तर्फकी सहभागि परिसा रानाभाटले मिस मल्टिमिडिया अवार्ड जित्न सफल भएकी हुन् ।

ईप्लानेट प्रा.लि.को आयोजना तथा सीएमके ब्युटी इम्पावर सर्भिसेस्को सहकार्यमा सम्पन्न भएको पाँचौ संस्करणको हेरिटेज प्याजेन्टस्मा मिस तर्फ रसियाकी ३० वर्षिया एना किरिलिना मिस हेरिटेज इन्टरनेसनल २०२२ को रुपमा विजेता चयन भइन् भने मंगोलिया, इन्डोनेसिया, लात्भिया र मलेशियाका सुन्दरीहरु क्रमशः फस्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्स अप छनौट भएका थिए ।
मिसेस् तर्फ भने थाइल्याण्डकी ३९ वर्षिया फोन्टिप श्रीवारन्यु मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ का रुपमा चयन भइन् । मिसेस् तर्फ नेदरल्याण्डस्, भारत, सिंगापुर तथा फिलिपिन्सका मिसेस् सहभागिहरु क्रमशः फस्र्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्स अपका रुपमा चयन भएका थिए ।
मलेशियाको क्वालालम्पुरस्थित भिभा मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न भएको फाइनल प्रतियोगिताको प्रस्तुतिहरुको निर्देशन नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका वेस्ली सअले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको उद्घोषण रोजिन र भारतीय सिम्रन अहुजा गरेका हुन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली नाट्य क्षेत्रमा कहलिएको नाम विमल सुवेदी, मलेशियाका फेसन र प्याजेन्ट क्षेत्रका कहलिएका नामहरु थालिएन थिन, नोरिन जुलकरनेन, सब्रिना लिम, क्यारोल ली, डाटो स्टेफनी लो, वल्र्ड ब्युटी प्याजेन्टस् अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर सम्मीलित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय