ललितपुर, झम्सिखेलस्थित अर्बन हबमा संचालन भएको द फेश नामक मोडल प्रतिस्पर्धामा युद्ध बानियाँ र क्रान्ति चन्दले शीर्ष उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा शीतल श्रेष्ठ र कृपा अधिकारी फस्ट रनर अप, हेमन जोशी र स्वीकृति प्याकुरेल सेकेन्ड रनर अपका रुपमा चयन भएका छन् ।
प्रतियोगितामा हेमन जोशी र कृपा अधिकारी बेस्ट फ्रेन्ड्ली, युद्ध बानियाँ र सोफिया भण्डारी पब्लिक च्वाइस र बेस्ट फर्सनालिटी, नारायण प्याकुरेल र निर्मला धिताल फोटोजेनिक, क्रान्ति चन्द र शीतल श्रेष्ठ क्याटवाक, ब्रबिम श्रेष्ठ र अस्मिता बराल बेस्ट स्किन एण्ड हेयर, आशिष गिरी र कृपा अधिकारी बेस्ट फिजिक तथा युद्ध बानियाँ र सुर्जिना श्रेष्ठ पपुलर च्वाइस अवार्डका विजेता छनौट भएका थिए । प्रतियोगिता यु क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना अन्तर्गत मोडल सृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।


