Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

राजधानी शहरको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न मिष्टर एण्ड मिस नेपाल टिन २०२१को ग्राण्ड फिनालेमा ब्युटी विथ पर्पस र पिपुल्स च्वाइस अवार्ड सहित दिक्षा रिसालले मिस नेपाल टिन वल्र्ड २०२१ को उपाधि चुम्न सफल भएकी छिन् । यसैगरी मिस कन्फिडेन्सको अवार्ड सहित श्रृयंका थापाले मिस नेपाल टिन युनिभर्स २०२१ को उपाधि जित्न सफल भइन् भने मिस इन्टेलेक्चुयलको अवार्ड सहित स्टेला लामिछानेले मिस नेपाल टिन इन्टरनेसनल २०२१को उपाधि हात पार्न सफल भइन् ।
प्रतियोगितामा मिस फेसन आइकनको अवार्ड सहित सुस्जिता पौडेलले मिस नेपाल टिन अर्थ २०२१ को उपाधिमा आफ्नो नाम दर्ता गराइन् भने प्रकृति थापा वेष्ट फिगरको अवार्ड सहित मिस नेपाल टिन सुप्रानेसनल २०२१ को उपाधि हकदार बन्न सफल भइन् ।
एसपीएम क्रिएसनको सहकार्यमा अभ्यानी प्रोडक्सनको ब्यानरमा आयोजना तथा पवन आचार्यको कोरियोग्राफीमा संचालन गरिएको सो प्रतियोगितामा फेसन डिजाइनर सिमोन पण्डितद्धारा तयार पारिएका पहिरनमा सहभागिहरु प्रस्तुत भएका थिए । प्रतियोगितामा मिष्टर तर्फको उपाधिमा मिष्टर नेपाल टिन २०२१ को उपाधि ट्यालेन्ट अवार्ड सहित शाश्वत ओलीले चुम्न सफल भएका छन् । मिष्टर मल्टिमिडिया र पिपुल्स च्वाइसको अवार्ड सहित नन्दु आचार्यले फस्ट रनर अप तथा मिष्टर फिजिक्स र फोटोजेनिकको अवार्ड सहित साइरस विश्वकर्माले सेकेन्ड रनर अपको उपाधि हात पार्न सफल भए । प्रतियोगिताको मुख्य उपाधि विजेताहरुले इक्वेडरमा संचालन हुने आ आफ्नो उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय