Sunday 6 October 2024 / सोमबार, २१ आश्विन २०८१

काठमाडौं । सनराइज बैंकको संचालक समितिमा दोखिएको विवाद पुनः छताछुल्ल भएको छ । बैंकका संचालक बच्छराज तातेडका कारण बैंकको संचालक समितिमा भाँडभैलो सुरु भएको हो ।

बैंकभित्र विवाद बढेपछि संचालक समितिलाई राष्ट्र बैंकले बोलाएको छ । बोर्डमा विवाद देखिएकाले सोधपुछ गर्न बोलाएको नेपाल राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । राष्ट्र बैंकले सबै सञ्चालकहरुलाई मंगलबार ११ बजे राष्ट्र बैंकमा हाजिर हुन भनेको छ ।

गत साउनको ११ गते पनि बैंक संचालक समितिलाई राष्ट्र बैंककले बोलाएर सम्झाएर पठाएको थियो । बैंकको संचालक समिति दुई भागमा विभाजन भएपछि कतिपय निर्णय कार्यन्वयन गर्न गाह्रो हुने भएकाले राष्ट्र बैंककले आवश्यक समन्वय गर्न बोलाएको नियमन विभागका एक निर्देशकले बताए ।

बैंकको संचालक समितिसहितको सहभागीतामा गठन हुने विभिन्न कमिटिहरुमा बस्ने सवालमा विवाद सुरु भएको हो । बैंकका संचालक बच्छराज तातेड नियमित २ कार्यकाल भन्दा बढी ह्यूमन रिसोर्स कमिटिमा रहेकाले अन्य कमिटिमा जान नमानेपनि विवाद सुरु भएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार एउटै कमिटिमा बढीमा दुई कार्यकाल अर्थात ८ वर्षभन्दा बढी समय बस्न मिल्दैन । तातेडले पुन एजआर तथा ह्यूमन रिसोर्स कमिटि छोड्न नचाहेकाले अन्य संचालकहरुले आफुले पनि सो कमिटिको नेतृत्व गर्न पाउनुपर्ने भन्दै लफडा झिकेका हुन ।

गत साउनमा पनि बैंकका स्वतन्त्र संचालक ओमकृष्ण जोशीका कारण बैंकमा विवाद बढेको थियो । जोशीले राजिनामा गरेपछि शान्त रहेको सनराइज बैंकको संचालक समितिमा फेरी लफडा सुरु भएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय