Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

बालबालिका सम्बन्धी मोडलिङ व्याकरण केन्दि«त प्रतियोगिता नेपाल्स नेक्स्ट किड्स टप मोडल २०२२मा जुनियर उमेर समूहतर्फ सत्विशा भण्डारी र जुनियर उमेर समूहतर्फ आएस्ना महर्जन विजेता चयन भएकी छिन् । सिनियर उमेर समूहतर्फ भने सात्विशा भण्डारीले विजेताको ताज चुमेकी छिन् । जुनियर तर्फ प्रतिक नेपाल फस्र्ट रनर्स अप र रुचि लुईटेल सेकेन्ड रनर्स अप तथा लुनिभा शाही फस्र्ट रनर्स अप र आर्य मानन्धर सेकेन्ड रनर्स अप चयन भए । यसैगरी प्रनिथ पल थापा थर्ड रनर्स अप तथा सान्वी शर्मा फोर्थ रनर्स अप छानिएका थिए ।
अर्गनाइजर च्वाइस विधामा जुनियरतर्फ संग्रिश पौडेल र सिनियरतर्फ ईशा डंगोल विजेता चयन भए भने ब्राण्ड एम्बेशडरमा जुनियरतर्फ ईब्रिना श्रेष्ठ र सिनियरतर्फ सुवानी श्रेष्ठ विजेता घोषित भए । यसैगरी ब्युटी विथ ब्रेन विधामा विभा रौनियार जुनियरतर्फ र आहाना महर्जन सिनियरतर्फ विजेता छानिएका थिए । राष्ट्रिय नाचघरको डबलीमा संचालन गरिएको सो प्रतियोगितालाई एभरेष्ट इभेन्ट्सको ब्यानरमा आयोजना गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय