Friday 17 January 2025 / शुक्रबार, ४ माघ २०८१

काठमाडौं । स्थानीय बजारमा मंगलबार पहेलो धातु सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएकामा मंगलबार प्रतितोला ९३ हजार ६०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । सोमबार प्रतितोला १ हजार ३१५ मा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय