काठमाडौं – निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काकको अभिनय रहेको म्युजिक भिडियो ‘यो मुलाई मस्किन्छे’को भिडियोे केही दिन अघि सार्वजनिक गरिएको थियो ।
सुदुरपश्चिमको डोटेली लवजमा तयार पारेको गीतको भिडियो फिल्मी शैलीमा तयार पारीएको छ । सार्वजनिक गीतकोे भिडियोमा निश्चल र स्वस्तिमालाई गुप्तचर एजेन्टको रुपमा प्रस्तुत गरिएको छ ।
कुटुम्ब ब्याण्डले तयार पारेको गीतको शब्द, संगीत र स्वर राजेन्द्र भट्टको छ । मानष सुवेदीले निर्देशन गरेको भिडियो स्कृप्ट अभिनेत्री सुरक्षा पन्तले लेखेककी हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको भिडियोमा प्रदीप लामाको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन रहेको छ ।
गीतको भिडियोमा निश्चल र स्वस्तिमाको अलवा नविन लम्साल, शिभा थापा, शान अधिकारी, रञ्जन न्यौपाने, राम न्यौपाने, प्रशान्त केसी र गंगा मगरको अभिनय रहेको छ ।


