Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

स्कूल अध्ययनरत बालबालिकामा केन्दि«त बाल सौन्दर्य प्रतियोगिता लिटिल स्टार्स काभ्रे २०२२ सम्पन्न भएको छ । बनेपा स्थित कायस्थ ब्याङ्क्वेटमा सम्पन्न सो प्रतियोगितामा ग्रुप ए तर्फ ग्रेसल्यान्ड स्कूलकी एरी राना मगर विजेता चयन भएकी छिन् । ग्रुप ए तर्फ पार्थवी परिया फस्र्ट रनर्स अप, श्रीजु अर्याल सेकेन्ड रनर्स अप, शायना बादे थर्ड रनर्स अप तथा प्राश्ना घिमिरे फोर्थ रनर्स अपका रुपमा छनौट भएका थिए ।
ग्रुप बी तर्फ आर्या मानन्धरले विजेताको ताज पहिरिन् । यो ग्रुपमा सुबाष्मा श्रेष्ठ फस्र्ट रनर्स अप, प्रेमिशा सिग्देल सेकेन्ड रनर्स अप, दिव्यांशु खड्का थर्ड रनर्स अप, खुशी वैद्य फोर्थ रनर्स अप तथा श्रीषा जोशी फिफ्थ रनर्स अप छानिएका थिए । प्रतियोगितामा आदर्श पोखरेल लिटिल प्रिन्स र आयुषा सापकोटा लिटिल प्रिन्सेस अवार्डको हकदार बनेका थिए ।
ईनोभेसन इभेन्ट म्यानेज्मेन्टको आयोजनामा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी तेन्जु योञ्जन र जीवन गिरीले गरेका हुन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय