थाइल्याण्डको पटायामा संचालनमा भएको बाल बालिका सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य किड्स स्टार इन्टरनेसनल २०२२ शीर्षक अन्तर्गतको प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका बालबालिकाहरुलाई सफलता प्राप्त भएको छ । सो प्रतियोगितामा नेपालका आर्यन पोखरेलले आफ्नो उमेर समूहमा किड्स स्टार इन्टरनेसनलको मुख्य उपाधि सहित राइजिङ स्टार २०२२ को अवार्ड जित्न सफल भए । यसैगरी स्मारिका लम्सालले वेष्ट फ्रेन्डशीपको अवार्ड सहित वेष्ट नेसनल कस्ट्युमको अवार्ड हात पार्न सफल भइन् भने युभी लामाले किड्स स्टार फिफ्थ रनर्स अप तथा वेष्ट नेसनल कस्ट्युम तर्फ फस्र्ट रनर्स अपको उपाधि जित्न सफल भइन् । 
द फेसन एराको संयोजनमा नेपालबाट सो प्रतियोगितामा सहभागिता जनाएका उनीहरु तीनै जना यस अघि राजधानी शहर काठमाडौंमा द फेसन एराकै आयोजनामा संचालन भएको लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस् २०२२ मा आर्यन प्रिन्स तर्फ , स्मारिका प्रिन्सेस्तर्फका विजेता हुन् भने युभी प्रिन्सेस् तर्फका सेकेन्ड रनर्स अप हुन् ।


