Wednesday 14 October 2026 / बुधबार, २८ आश्विन २०८३

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ईको इन्टरनेसनल २०२३ का लागि नेपालको तर्फबाट सहभागिता जनाउने नेपाली सुन्दरीको चयन भएको छ । राजधानी शहरको बत्तीसपुतली स्थित द स्ट्राण्ड लाउन्ज एण्ड बारमा आयोजना गरिएको एक समारोहवीच मिस ईको इन्टरनेसनल नेपाल २०२३ को रुपमा रक्षा उप्रेतीलाई ताज पहि¥याइए संगै रक्षाले मिस ईको इन्टरनेसनल २०२३मा नेपाल तर्फको सहभागिता जनाउने तय भएको हो । मिस ईको इन्टरनेसनलका लागि नेपालको तर्फबाट आधिकारिक संस्था द ग्रीन आर्टस् मिडियाले रक्षालाई छनौट गरेको हो ।

पाँच फिट ६ इन्च उँचाई २५ वर्षिया काठमाडौंकी रक्षा उप्रेतीले यस अघि मिस नेपाल २०१९ मा सहभागिता जनाएर टप सेभेन सम्मको यात्रा तय गरेकी थिइन् भने उनी मिस युनिभर्स नेपाल २०२१ की सेकेन्ड रनर्स अप तथा मिस ग्राण्ड नेपाल २०२२ की पनि सेकेन्ड रनर्स अप हुन् । पेशाले बायोटेक्नोलजिष्ट रहेकी उनको संचारक्षेत्रमा पनि अनुभव रहेको छ । मिस ईको इन्टरनेसनल नेपाल २०२३ को रुपमा उनलाई मिस ईको इन्टरनेसनल नेपाल रहीसकेकी रोनाली अमात्यले ताज पहि¥याइ दिएकी थिइन् ।

सो कार्यक्रममा फेसन कोरियोग्राफर रोजिन शाक्य, फेसन फोटोग्राफर गौतम धिमाल, द हिडन टे«जरका निर्देशक सुर्वण क्षेत्री लगायतको उपस्थिति रहेको थियो । मिस ईको इन्टरनेसनल २०२३को फाइनल प्रतिस्पर्धा आगामी फेब्रुअरीको अन्तिम साताबाट ईजिप्टमा संचालन हुँदैछ भने प्रतियोगिताको फाइनल प्रतिस्पर्धा मार्च महिनामा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय