Wednesday 17 June 2026 / बिहीबार, ४ असार २०८३

सिमकोट, हुम्लाको दुुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ । गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो। तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुुई जनाको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो । रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको उपचार गरिएको थियो । पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिए पनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुुझाव दिइएको थियो । आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय