Wednesday 14 October 2026 / बुधबार, २८ आश्विन २०८३

अमेरिकाको लुसियानास्थित न्यु ओरियन्स् मोरियल कन्भेन्सन सेन्टरमा सम्पन्न भएको ७१आंै संस्करणको मिस युनिभर्सको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले मिस युनिभर्स २०२२ को ताज चुम्न सफल भएकी छिन् । प्रतियोगितामा विगत दश वर्ष यता अमेरिकी सुन्दरीले मिस युनिभर्सको ताज जितेको यो पहिलो अवसर हो । यो संगै अमेरिकी सुन्दरीले मिस युनिभर्सको ताज जितेको यो नवौं अवसर हो । विश्वका ८४ जना सुन्दरीहरुको सहभागिता रहेको यो प्रतियोगितामा भेनेजुएलाकी अमान्डा डुडामेल फस्र्ट रनर्स अप तथा डोमिनिकन रिपब्लिककी आन्ड्रीना मार्टिनेज् सेकेन्ड रनर्स चयन भइन् । प्रतियोगिताको स्पेशल अवार्डतर्फ मिस कन्जिनियालिटीमा चिलीकी सोफिया डेपासियर तथा माल्टाकी म्याक्सिन फोरमोसा विजेता छानिएको थियो भने थाइल्याण्डकी एना सुएन्गामइआमलाई सोसल इम्प्याक्ट अवार्ड र युक्रेनकी भिक्टोरिया अपानासेन्कोलाई स्पिरिट अफ कार्निभल अवार्ड प्रदान गरिएको थियो ।
२८ वर्षिया मिस युनिभर्स २०२२ विजेता आरबोन्नी गाब्रियल पेशाले मोडल, फेसन डिजाइनर एवं सिलाई प्रशिक्षक पनि हुन् । उनी मिस अमेरिका बनेकी पहिलो फिलिपिनो अमेरिकी हुन् । उनी मिस युएसए २०२२ की विजेता हुन् भने २०२१मा उनी मिस टेक्सास् युएसए प्रतियोगितामा फस्र्ट रनर्स अप बनेकी थिइन् । मिस युनिभर्स २०२२ मा नेपालका तर्फबाट मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय