Friday 28 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काराओके इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजना तथा नयाँ सडक स्थित अक्षरा ज्वेलरीको प्रायोजनमा संचालन भएको मिस नेवाः वर्ल्ड ११४३ ताज पहिरिन सफल भएकी छिन्, हसना डंगोल । प्रतियोगितामा हसनाले मुख्य उपाधि बाहेक पर्सनालिटी, भ्युअर्स च्वाइस, वेष्ट डे«ेस, वेष्ट फिगर तथा वेस्ट स्कीनको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । प्रतियोगितामा आर्या महर्जन फस्ट रनर अप, रितिसा बज्राचार्य सेकेन्ड रनर अप तथा अर्गनाइजर च्वाइसका रुपमा स्नेहा खड्गीले थर्ड रनर अपको ताज पहिरिन सफल भइन् ।
समिता बज्राचार्यको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताको नेपाल भाषा प्रशिक्षक खगेश रञ्जीतकार रहेका थिए । संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको सो प्रतियोगितामा अंशु प्रजापतिले ¥याम्प वाक, प्रज्ञा महर्जनले इन्टेलिजेन्ट, लसता नापितले डिसिप्लीन, वृतिशा देउलाले पंचुएल, जास्मिन श्रेष्ठले एक्युट र विपना श्रेष्ठले हेरिटेज एम्बेसडरको अवार्ड प्राप्त गरेका थिए ।
जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन गरिएको प्रतियोगितामा रंजीतकार समाज नेपालका केन्दि«य अध्यक्ष दीपक रंजीतको सभापतित्वमा, नेवाः देय् दबूका केन्दि«य अध्यक्ष पवित्रा बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगिताको क्राउनिङ चरणमा सहभागिहरु आईआईएफटीका विद्यार्थी डिजाइनरहरुले तयार पारेका डिजाइनर वेयरमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय