Thursday 27 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

ललितपुरको ग्वार्कोस्थित म्युजिक सिटी हलमा संचालन भएको मिसेस् नेपाल आइडल २०२३ को फाइनल प्रतिस्पर्धामा इलामकी सजना खत्री के.सी.ले शीर्ष उपाधिमा आफ्नो नाम दर्ता गराएकी छिन् । विजेताको रुपमा चाँदीको ताज पहिरिएकी उनले प्रतियोगिताको मोस्ट इन्टिलिजेन्ट र मोस्ट पपुलर विधा पनि आफ्नो पक्षमा पार्न सफल भइन् । प्रतियोगितामा सयाजु नेम्वाङ फोटोजेनिक अवार्ड सहित फस्ट रनर अप तथा निता भट्टराई मोस्ट कन्फिडेन्ट र पब्लिक च्वाइस भिडियो अवार्ड सहित सेकेन्ड रनर अपका रुपमा छनौट भएका थिए ।
हिमालयन मुभिजको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगितामा सुशिला थापा घिमिरे मोस्ट स्मार्ट, मनिता गुरुङ दुरा मोस्ट अट्राक्टिभ, कुमारी गुरुङ मोस्ट एक्टिभ, बुद्धि सरा अर्याल मोस्ट डिलिजेन्ट, गोमा गुरुङ वेष्ट पर्सनालिटीको अवार्डका विजेता चयन गरिएका थिए । अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी अन्तर्गत सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रममा वरिष्ठ गायिका देविका वन्दनाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा उनलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो । विवाहित महिलाहरुको क्षमता, प्रतिभा तथा आत्मविश्वास अभिवृद्धिको उद्देश्य सहित आयोजना हुँदै आएको मिसेस् नेपाल आइडल प्रतियोगिताको यो सातौं संस्करण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय