Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं । काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०२३’ छैटौ सस्करणको उपाधि ललितपुरकी अभिलासा कार्कीले हात पारेकी छिन । सिजन मिडियाद्वारा विहिबार आयोजित समरोहमा ६ जना प्रतियोगीलाई पछि पार्दै कार्कीले उपाधि लिन सफल भएकी हुन उनले मस्ट ट्यालेन्ट अवार्डसमेत जितेकी छन ।साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट,लेटमिइनको तर्फवाट रु ५० हजारको गिफ्ट भौचर साथै हिटर प्राप्त गरीन । काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा काठमाडौं कपनकी सदिक्षा वुढाथोकी श्रेष्ठ फष्ट रनर अप साथै पपुलर अवार्ड हात पारीन र बालाजुकी विन्दु शाही ठकुरी सेकेण्ड रनर अप हुन सफल भइन भने इन्थुज्यनस्टीक अवार्ड पनि पाउन सफल भइन । उनीहरुले भ्याकुम क्निर साथै लेटमिइनको तर्फवाट क्रमस ३० र २० हजार वरावरको गिफ्ट भौचर प्राप्त गर्न सफल भए ।

प्रतियोगितामा इन्जिनियर वन्दना मिश्रले कन्फीडेन्स अवार्ड,दुर्गा वाग्ले एलिगेन्स र करिस्मा सर्मा तामाङले फोटोजेनीक अवार्डको उपाधि प्राप्त गरेका छन । उक्त कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु शान्ति लिम्वु,सन्तोषी शाही ठकुरी,लसता शाक्य, मोडल सोनाम केसी ,काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी,सिनोमटोग्राफर कुसल श्रेष्ठ ,पत्रकार श्रद्धा अर्याल,मिस इकलेजका विजेता नितिका कर्मचार्र्य निर्णायक मंडल रहेका थिए ।प्रतियोगिताको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय