Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आफ्नो फेसन डिजाइनिङ विधाका विद्यार्थी डिजाइनरको सहभागितामा प्रतियोगितात्मक फेसन कार्यक्रम डे«ेस टू इम्प्रेसको सातौं संस्करण सम्पन्न गरेको छ । राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रममा एक सय दश जना विद्यार्थी डिजाइनहरुले आफ्नो सृजनात्मक अभिव्यक्तिलाई कपडाको क्यानभास डिजाइनिङ शिल्पको प्रयोग गर्र्दै आकर्षक एवं मनमोहक पहिरनका विविध स्वरुपहरु प्रस्तुत गरेका थिए । सहभागि विद्यार्थी डिजाइनरहरु चार वटा समूहमा विभाजन गरिएका थिए र हरेक समूहले आ आफ्नो समूह अन्तर्गत थीम अनुसार पहिरन सृजना गरेर स्वयं आफैं मोडलका रुपमा ¥याम्पमा देखिएका थिए । हरेक थीम अन्तर्गत एक एक जना विजेता चयन गरी कार्यक्रम सम्पन्न भएको थियो । जसमा फ्युचरिष्टक अर्थात् भविष्यमा देखा पर्ने सक्ने संभावना भएका शैली, डिजाइन र स्वरुपका पहिरन अन्तर्गत शिल्पा श्रेष्ठको सृजना अब्बल ठहरियो । समुद«ी जीवनबाट प्रभावित र प्रेरित शैली अन्तर्गत रोशन टमाटा विजेताको रुपमा चयन भइन् । वन्यजन्तु र प्राकृतिक सम्पदा अन्तर्गतको पहिरन शैली तर्फ अफ्शाना मियाँ उत्कृष्ट ठहरिइन् भने ब्ल्याक एण्ड बोल्ड शीर्षक अन्तर्गतको सृजनामा सावित्रा देवी राईको पहिरन शैलीले विजेताको पुरस्कार प्राप्त ग¥यो ।

सबै विजेतालाई जनही प्रोत्साहन पुरस्कार स्वरुप नगद रु पन्ध्र हजार प्रदान गरिएको थियो भने विजेताहरुले केज फिटनेसबाट रु चालीस हजार बराबरको तथा बज्र फिटनेस क्लबबाट रु पैंतीस हजार बराबरको फिटनेस प्याकेज पुरस्कारको रुपमा प्राप्त गरेका थिए । आईआईएफटीका कार्यकारी निर्देशक एवं फेसन कोरियोग्राफर विपना थापाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रमको व्यवस्थापन प्यासिफिक इभेन्टस् एण्ड म्यानेज्मेन्टले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय