काठमाण्डौँ, काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आई वी वल्र्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आर्षित अनि दक्ष बनाउने उद्देश्यले अन्तर विद्यालय फुटसल प्रतियोगीता कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयले आयोजना गरेको उक्त उद्घाटन कार्यक्रम एन्फाका महासचिव किरण राई ज्यूको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने नेपाल विद्यालय खेलकुद महासँघका उपाध्यक्ष मोहन कार्कीले विशेष अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो ।

विद्यालयका फुटबल एम्ब्यासडर अनिल गुरुङको संयोजकत्वमा सञ्चालित कार्यक्रममा विद्यालयका व्यवस्थापन र प्रशासन समूहका साथै ,शिक्षक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटनका क्रममा विद्यालयका विद्यार्थी भाइबहिनीहरुले अत्यन्तै सुन्दर स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई विद्यालयकी प्रिन्सिपल नेहा के.सीले स्वागत मन्तव्य राख्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन हुने मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका जम्मा २८ टिम सहभागी भएका छन् ।

विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले अध्यक्षता गर्नुभएको यस भव्य कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी द्धय छात्र सम्मान के.सीले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले विद्यार्थीहरुको चौतर्फी विकासमा पढाइका साथसाथै खेलकुदको पनि उत्तिकै महत्व हुने कुरा बताउनु भएको थियो ।



