ललितपुरको ग्वार्कोस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको मिसेस् नोबेल नेपाल २०२३को फाइनल प्रतिस्पर्धामा तनहुँकी सारा गुरुङले शीर्ष उपाधि हात पार्न सफल भएकी छिन् । प्रतियोगितामा निरु भट्टराई फस्ट रनर अप तथा अनिता घिमिरे सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । हिमालयन मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा आयोजना र चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी अन्तर्गत संचालित सो प्रतियोगितामा सारा गुरुङ मोस्ट इन्टेलिजेन्ट, निरु भट्टराई वेष्ट फोटोजेनिक, मोस्ट पपुलर, मोस्ट डाइनामिक तथा पब्लिक च्वाइस भिडियो अवार्ड गरी तीन विधामा अनिता घिमिरे विजेता चयन भएकी थिइन् ।
यसैगरी मोष्ट कन्फिडेन्टतर्फ तारा मगर, मोस्ट एक्टिभतर्फ उषा कुमारी शाह, मोस्ट स्मार्टमा चन्द्रकला तामाङ, वेस्ट पर्सनालिटीमा अन्जु मगर, मोस्ट चार्मिङतर्फ रोजी ब्लोन र वेस्ट ड्रेस तथा मोस्ट डिलिजेन्ट विधामा कल्पना बर्देवा विजेताको रुपमा छनौट भएका थिए । प्रतियोगिताको तयारीका क्रममा दुई साता सम्म व्यत्तित्व विकास, स्टेज प्रस्तुती, नेतृत्वदायी भुमिका, आत्मविश्वास अभिवृद्धि, फोटो सुट, भिडियो सुट लगाएतका विषयहरुमा तालिम प्राप्त गरेको सो कार्यक्रमलाई विवाहित महिलाहरुको क्षमता, प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।


