Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

राजधानी शहरको प्रदशर्नी मार्गस्थित राष्ट्रिय सभा गृहको प्रेक्षालयमा मिस तामाङ २०२३को ग्राण्ड फाइनल सम्पन्न भएको छ । प्रतियोगितमा सिन्धुलीकी पासाङ् याङ्जी वाइबा लामाले मिस तामाङ २०२३ को ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा मिस डिसिप्लीनका रुपमा पनि छनौट भएकी थिइन् । प्रतियोगितामा सुशिला मार्फा तामाङ फस्ट रनर अप तथा सिर्जना गोले तामाङ सेकेन्ड रनर अप विजेता बनेका थिए । सिर्जनाले मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् ।
मम्स् इन्टरनेसनल नेपालको ब्यानरमा रंजीता लामाले आयोजना गरेको पन्धौं संस्करणको मिस तामाङ प्रतियोगितामा विनिता लुङ्बा तामाङले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, मेलिना योञ्जनले वेष्ट ड्रेस, सिया घिसिङले मिस पपुलर तथा मिस पर्सनालिटी, प्रनिसा तामाङले ब्युटिफुल हेयर, सबिना तामाङले मिस फोटोजेनिक तथा मुस्कान सुन्देन तामाङ वेष्ट वाकको अवार्ड जित्न सफल भएका थिए । प्रतिनिधिसभामा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय