Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

विश्व रिकर्डधारी सितार वादक सिता मैंया राचल, मिसेस् नेपाल युनिभर्स २०२२ का फस्र्ट रनर अप एवं सरोद वादक समिता बज्राचार्य यी तीन संगीतकर्मीहरुले सितार, भायलिन र सरोदमा आफ्नो संगीत विज्ञता प्रस्तुत गर्दै जाँदा उपस्थित संगीतकर्मीहरुमा वेग्लै किसिमको साँगीतिक उत्साह अनुभव गर्न पाइएको थियो ।त्यसमाथि पनि नरेश प्रजापतिले तबला, धन बहादुर गुरुङले बाँसुरी र अजय नेपाली र श्याम महर्जनले गितारमा साथ दिंदा सुनमा सुगन्ध संचार भएको थियो । प्रसंग हो म्यजिक क्वीन्स विथ अस नामक सांगीतिक कार्यक्रमको । सो सांगीतिक कार्यक्रमलाई आयोजक खगेश रंजीतकारले काराओके इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना गरेको थियो । कार्यक्रम ललितपुरको भनिमण्डलस्थित कोरियन बार्बेक्यु रेष्टुराँमा सम्पन्न भएको थियो । सो साँगीतिक कार्यक्रममा गायिका बुनु मानन्धरले पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिका रुपमा प्रथम मिस नेपाल रुबी राणाको उपस्थिति थियो भने कारोओके इन्टरटेन्मेन्टका प्रमुख सल्लाहकार दिपक रंजीतको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन मिस नेवाः वल्र्ड २०२२ की विजेता हसना डंगोलले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय