Tuesday 8 September 2026 / मंगलवार, २३ भाद्र २०८३

काठमाडौं , सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नेपाल सरकारले निर्माण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्नेछ । रंगशाला निर्माणको काम भने युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय