Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

मुम्बई, भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना टेलिसिरियल ‘छोटी बहु’ को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए ।

सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो । कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय