विराटनगरकी मनिशा श्रेष्ठले ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ को उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताको शीर्ष उपाधि सहित उनले नगद पुरस्कार रु पचास हजार जितेकी छिन् । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा रोज ब्युटी एकेडेमी र विलक्षण क्रिएसन प्रा.लि.को संयुक्त आयोजनामा संचालन भएको पाँचौं संस्करणको सो प्रतियोगितामा वेस्ट स्माइल अवार्ड सहित संगीता सुवेदीले फस्ट रनर्स अप तथा मोस्ट इन्टेलिजेन्ट ब्युटिसियन अवार्ड सहित श्वेता मगर श्रेष्ठले सेकेन्ड रनर्स अपको उपाधि जित्त सफल भएकी थिइन् । संचारकर्मी एवं फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको सो प्रतियोगिताको क्रिएटिभ डिरेक्टरका रुपमा परिषी कारन्जित, इभेन्ट म्यानेज्मेन्टमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ का विजेता सरिता भारती र कार्यक्रम संचालकका रुपमा अश्विीनी कान्त झा रहेका थिए ।
सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियन सहित पब्लिक च्वाईस अवार्ड, गोमा खड्काले मल्टि मिडिया, बेष्ट हेयर टेक्निसियन सहित भिवर्स च्वाईसको उपाधि हाँसिल गरिन् । रजनी प्रजापतिले मस्ट कन्फिडेन्ट सहित म्यानेजमेन्ट च्वाईस अवार्ड, सरिता गोपालीले बेस्ट मेहेन्दी सहित म्यानेजमेन्ट च्वाईस अवार्ड प्राप्त गरे । यस्तै कविता श्रेष्ठ बेष्ट मेकअप, सँजिना सितिखुले मोस्ट सिभिलिटी, दीपा श्रेष्ठले मोस्ट फेन्ड्ली, संगीता सुवेदी अधिकारीले बेस्ट स्माईल, मन्दिरा श्रेष्ठले बेष्ट डिसिप्लिन, प्रमिला दर्नालले मोस्ट पँचुअल, बिमला श्रेष्ठले मोस्ट बब्ली र अप्सरा कटवालले मस्ट ब्युटिफुलको अवार्ड जिते । यसैगरी पुनम भट्ट साउदले बेस्ट ड्रेस र बेष्ट पर्सनालिटी अवार्ड, प्रनिशा डँगोलले बेष्ट क्याटवाक, भावना ढुँगानाले फोटोजेनिक, मन्जु गोपालीले बेष्ट नेलआर्ट, सुनिता प्रजापति मानन्धरले बेष्ट हेयर स्टाईल जुरो अवार्ड जिते ।


