Monday 12 October 2026 / सोमबार, २६ आश्विन २०८३

काठमाडौँ,लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गर्नुभएको छ । चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीतबाट पुनरागमन गर्नुभएको हो ।

सो गीतमा उहाँलाई युवा पुस्ताकी गायिका प्रविशा अधिकारीले साथ दिनुभएको छ । रचनाकार शिव हमालले यो गीतको शब्द रचना गर्नुभएको हो । गीतमा सङ्गीतकार तथा गायक प्रभावन जे को सङ्गीत रहेको छ । गीतको सङ्गीत संयोजन एरेन्जर कमल सौरागले गर्नुभएको हो ।

आगामी दिनमा नेपाली लोकदोहोरीलाई निरन्तरता दिने दुलालले बताउनुभयो । गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले गीतको भिडियो निर्देशन गर्नुभएको छ भने छायाङ्कन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गर्नुभएको छ । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय