Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

हिमालयन मुभीज् प्रोडक्सन हाउसको ब्यानरमा आयोजना भएको ब्युटीसियन नेपाल २०२३ को उपाधि माया गजमेरले जित्न सफल भएकी छिन् । उनी मोस्ट स्मार्ट विधातर्फ पनि विजेता चयन भएकी थिइन् । प्रतियोगितामा वेष्ट नेल आर्ट र वेष्ट ब्राइडको अवार्ड सहित शान लिम्बु फस्र्ट रनर अप तथा मोष्ट चार्मिङ र मोस्ट पपुलर अवार्ड सहित प्रतिशा कटुवाल सेकेन्ड रनर अपका रुपमा पुरस्कृत भएका थिए ।
सौन्दर्यकर्मीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिका साथै सौन्दर्यकर्मीहरुको पेशालाई अझ विस्तारित र व्यवसायिक बनाउनमा टेवा पु¥याउने कार्यक्रम आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी हुन् । ललितपुरको ग्वार्कोस्थित म्युजिक सिटी हलमा प्रस्तुत गरिएको सो प्रतियोगिताको अन्य उपाधिहरुमा वेष्ट जुरोतर्फ उषा कुमारी, वेष्ट मेहेन्दी आर्टतर्फ सञ्जना कर्माचार्य, फोटोजेनिक र वेष्ट मोडल मेकअपतर्फ गीताञ्जली गौतम, मोस्ट अट्राक्टिभतर्फ मञ्जु आङ्दम्बे, मोस्ट कन्फिडेन्टतर्फ संगम बज्राचार्यले अवार्ड उचालेका हुन् ।
यसैगरी प्रतियोगितामा वेष्ट पर्सनालिटीतर्फ मञ्जु लिम्बु, वेष्ट डिसिप्लीनतर्फ उषा रिमाल, मोस्ट डिलिजेन्टतर्फ सिमा थिङ, मोस्ट एनर्जेटिकतर्फ महालक्ष्मी दर्लामी, मोस्ट प्लीजेन्टतर्फ विमला श्रेष्ठ तथा पब्लिक च्वाइस भिडियो अवार्डतर्फ स्मिता उप्रेतीलाई विजेता चयन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय