Monday 13 July 2026 / मंगलवार, ३० असार २०८३

गएको जेष्ठ १३ गते शनिबारको साँझ गोदावरीस्थित गोदावरी सनसाइन कन्भेन्सन सेन्टरमा भव्य रुपमा सम्पन्न भएको मिस नेपाल २०२३ को प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा काठमाडौंकी २३ वर्षिया श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३, दाङकी २६ वर्षिया रैना मजगैयाले मिस नेपाल अर्थ २०२३ र ललितपुरकी प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनलका २०२३ का रुपमा चयन भए । कान्तिपुर टिभी एचडीबाट प्रत्यक्ष प्रशारण भएको सो प्रतियोगितामा सहभागि २४ जना प्रतिस्पर्धीहरुको परिचयात्मक चरणबाट अगाडि बढेको यात्रामा उत्कृष्ट ११ जना हुँदै फाइनल फाइभ प्रतिस्पर्धीको निक्र्यौलपछि अन्तिम प्रतिस्पर्धा मंचन भएको थियो ।
प्रतियोगिताको अन्तिम पाँचमा श्रीच्छा प्रधान, रैना मजगैया, प्रसिद्धि शाह, ऐश्वर्या श्रेष्ठ र गृष्मा अधिकारी आफ्नो स्थान पक्का गरेका थिए । यस पटकको अन्तिम प्रतिस्र्धाका लागि अन्तिम पाँचमा पर्न सफल प्रतिस्पर्धीहरुले अन्तिम साझा प्रश्नको लिखित उत्तरको साटो फरक फरक विषयमा ४५ सेकेन्डको समयावधिमा आफ्नो बोद्धिकता प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको थियो । यस प्रावधान अन्तर्गत अन्तिम पाँचमा पर्न सफल सुन्दरीहरुको प्रस्तुतिकरणको आधारमा विजेताको निक्र्यौल गरिएको थियो ।
प्रतियोगिता अन्तर्गतका अन्य उपाधि विधाहरु अन्तर्गत श्रीच्छा प्रधानले फर्मासी फेश अफ द इयर तथा मिस डिएचहाईको अवार्ड आफ्नो नाममा दर्ता गरेकी थिइन् भने रैना मजगैंया सेटाफिल मिस हेल्दी स्कीन, प्रसिद्धि शाह रियल फिजिन मिस पपुलर च्वाइस, प्रज्ञा बज्राचार्य ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट, गृष्मा अधिकारी बर्जर मिस ग्ल्यामर, ऐश्वर्या श्रैष्ठ द काठमाण्डू पोस्ट मिस इन्टिलेक्चुयल र डाबर हनी मिस फिटनेस क्वीन, सुहानी खड्का क्षेत्री जेम्युजिक मिस मल्टिमिडिया, उन्नती गुरुङ यति एयर लाइन्स वुमन विथ विङ्स, आयुष्मा बराल द हिडन टे«जर ब्युटी विथ पर्पस तथा प्रितिका खड्का क्रिएटिभ स्टुडियो डि मिस फोटोजेनिकका रुपमा छनौट गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय