मिष्टर एण्ड मिस एसईई आइकनको दशौं संस्करणको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ । एसईई परिक्षाका परिक्षार्थीहरुमा केन्दि«त यस प्रतियोगितामा छात्र र छात्रा गरी पचास भन्दा बढीको सहभागिता रहेको थियो । प्रतियोगितामा सम्पूर्ण खत्रीले मिष्टर तथा प्रजिता के.सी.ले मिस एसईई आइकन २०२३ को उपाधि जित्न सफल भए । प्रतियोगितामा सविन विश्वकर्मा र रुबी खरेल फस्ट रनर अप तथा पूरक तिमल्सिना र श्रेया कर्माचार्य सेकेन्ड रनर अप स्थान हासिल गरेका थिए । ![]()
यसैगरी सिम्रिका पाण्डे थर्ड रनर अप, सुन्दरम यादव फोर्थ रनर अप, सिम्रिका खत्री फिफ्थ रनर अप, एन्जेल नकर्मी सिक्स्थ रनर अप तथा अर्पणा भण्डारी सेभेन्थ रनर अप घोषित भएका थिए । एएनपी मिडिया हाउसको आयोजनामा संचालन भएको सो प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो । प्रतियोगिताको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् । प्रतियोगिता अन्तर्गत रुवी खरेल र सन्देश तामाङ मोस्ट पपुलर, निक खड्गी र प्रजिता के.सी. पब्लिक च्वाइस तथा श्रवण तामाङ, इच्छा लिम्बु र खुशी निरौला मोस्ट एक्टिभ अवार्डतर्फ पुरस्कृत भएका थिए । ![]()
ADVERTISEMENT


