Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाण्डौं ।क्याप्टेन बिजय लामाको हवाई उड्यन क्षेत्रका अनुभव र करियरबारेको सेमिनारमा सहभागी एयर होस्टेज पढन चाहाने किशोरीहरू उत्साहित बनेका छन् । शनिबार नेपाल हाउसको सभा हल बालुवाटारमा नेपाल एअरहोस्टेज एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनार कार्यक्रममा बोल्दै क्याप्टेन लामाले सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए ।उक्त कार्यक्रममा कोरीयोग्राफर रोजिन शाक्यद्धारा व्यक्तित्व विकासको तालिम दिएका थिए भने एकेडेमीका चीफ इन्टक्टर निता थापाको पनि सहभागिता रहेको थियो ।

करिब ७० जना किशोरीहरुमाझ क्याप्टेन बिजय लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए ।उनले सुनाउँदै “जीवनमा डर हुनु पर्छ तर डर कै भरले जीवनलाई सहज बनाउनु पर्छ” बताए ।

करिब २ घण्टा सम्म चलेको सेमिनारमा क्याप्टेन बिजय लामाको साथै चलचित्र “अन्तिम संस्कार”को टिम पनि सहभागी रहेको थियो । उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा रहेका छन । सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एअरहोस्टेज एकेडेमीको तर्फबाट एकेटेमीका सन्चालन रेजिना तुलाधरले मायाको चिनो पनि प्रदान गर्नु भएको थियो ।

नेपाल एयर होस्टेज एकेडेमी विगत १० वर्ष देखि काठमाडौंमा रहेर उत्कृष्ट तालिम दिइ रहेको छ भने सयौंका सख्यामा युवा युवतीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कंपनीमा रोजगारी प्रदान गरि सकेको छ । दश जोड दुइ अध्ययनरत युवा तथा युवतीले यो विषयमा ५ महिना अध्ययन गरेर रोजगारीको लागि आवेदन दिन सक्नेछन ।

कार्यक्रममा एयरहोस्टेज अध्ययन गर्न चाहाने किशोरीहरूले सेमिनारले आफुहरूलाई हवाईउड्यन क्षेत्रको महत्वबारे महत्वपूर्ण सिकाइ भएको बताएका छन्। सेमिनारले युथहरुलाई नेपालमै अवसरहरुको खोजि गर्ने उत्साह पैदा गरेको उनीहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय