राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मिष्टर एण्ड मिस एसईई सुपर मोडल २०२३को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगिताको ग्राण्ड फिनालेमा सज्ञान ओझा र आर्या गौतमले मुख्य उपाधि जितेका छन् । प्रतियोगितामा लाजिमा लिम्बु र अनुज कटुवाल फस्र्ट रनर अप, खुबी श्रेष्ठ र टासि शेर्पा सेकेन्ड रनर अप तथा खुशी कार्की र अनिश खड्का थर्ड रनर अप छनौट भएका थिए । 
एभरेष्ट ईभेन्ट्सको ब्यानरमा संचालन भएको यस प्रतियोगितामा एन्जेल शेर्पा फोर्थ रनर अप चयन भएकी थिइन् । यसैगरी कृतिका प्रधान र रुस्तम रोक्का प्रतियोगिताको ब्राण्ड एम्बेसडर तथा सिफाली महर्जन र सृजल श्रेष्ठ अर्गनाइजर च्वाइस विधातर्फ विजेता घोषणा भएका थिए । ब्युटी विथ ब्रेनको अवार्ड शुवानी श्रेष्ठ हात पारिन् । प्रतियोगितामा रन्जु ठकुरी स्टेला प्रोफेसनलको ब्रान्ड एम्बेसेडर छनौट भइन् भने बेदान्त नरसिंह राणा र रिद्धिमा महर्जन आरुपस् डिजाइनका लागि ब्रान्ड एम्बेसडर नियुक्त भए । यसैगरी एन्जेल शेर्पा, रिद्धिमा श्रेष्ठ र सृजल श्रेष्ठले पपुलर विधाको अवार्ड जित्न सफल भए भने जेनी श्रेष्ठ र ओम थिङले भ्युअर च्वाइस विधामा आफ्नो नाम लेखाए ।प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए ।


