Monday 13 July 2026 / मंगलवार, ३० असार २०८३

फेसन एराको आयोजनामा मिष्टर एण्ड मिस एसईई २०२३ र किड्स इन्टरनेसनल नेपाल २०२३ सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्रतियोगितामा रोनिश पाण्डे र सोनिका श्रेष्ठले मिष्टर एण्ड मिस एसईई २०२३को उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा युग अधिकारी र जान्हवी भण्डारी फस्ट रनर अप, विकास भट्ट र कृष्मा क्षेत्री सेकेन्ड रनर अप छनौट भएका हुन् ।

प्रतियोगितामा रोनिश नेपाली र एकता शाहले थर्ड रनर अप स्थान हासिल सफल भए भने विवेक रनपाल र झरना ओलीले अर्गनाइजर च्वाइसको अवार्ड जितेका छन् । प्रतियोगितामा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपालको तर्फबाट आधिकारिक सहभागि पनि छनौट गरिएका छन् । जस अन्तर्गत विवेक रनपाल र रिना तामाङ वेष्ट मोडल अफ द युनिभर्स नेपाल, स्मृति विश्वकर्मा प्रिटिन इन्टरनेसनल नेपाल, आइरिस गुरुङ टिन इन्टरनेसनल नेपालका रुपमा चयन गरिएका छन् । यसैगरी स्मीथ ढुंगाना र नेहा बुढाथोकी इन्टरनेसनल टिन अफ द इयर नेपालको रुपमा चयन गरिएका छन् ।

सोही मन्चमा किड्स स्टार इन्टरनेसनल नेपालको प्रतियोगिता पनि सम्पन्न भएको छ । जसअन्तर्गत सहभागिहरुलाई दुई उमेर समूहमा विभाजन गरेर प्रतियोगिता संचालन गरिएको थियो । ग्रुप ए तर्फ आयुन्श कार्की र जस्मिन पुन विजेता चयन भ एभने शुभम घिमिरे र ओजश्वी घिमिरे फस्ट रनर अप, साहिल तामाङ र रिया चौहान सेकेन्ड रनर अप तथा कृष श्रेष्ठ र निमा तामाङ थर्ड रनर अप तथा सुविज्ञा कुँवर अर्गनाइजर च्वाइस विधामा विजेता निक्र्याैल गरिएका थिए ।

ग्रुप बी अन्तर्गत भने मार्लन तामाङ र प्रिया गुरुङ विजेता छनौट भएका थिए । प्रतियोगितामा रायन लाखन्ड्री र कृस्टिना पोखरेल फस्ट रनर अप, जोनसन ओझा र रिहाना उप्रेती सेकेन्ड रनर अप, सामुयल तामाङ र सान्विका बुढाथोकी थर्ड रनर अप छानिएका थिए । प्रनेश घले र समृद्धि बुढाथोकीले अर्गनाइजर च्वाइसको अवार्ड थापे । प्रतियोगितामा आर्यन पोखरेल र युवी लामा गुरुङ किड्स स्टार इन्टरनेसनल नेपाल छनौट भएका थिए भने उनीहरु लिटिल टुरिजम एम्बेसडर नेपालका रुपमा चयन भएका थिए र सोही प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । ब्रियाना उप्रेतीलाई भने किड्स वेष्ट मोडल अफ द युनिभर्स नेपालको रुपमा घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय