Monday 13 July 2026 / मंगलवार, ३० असार २०८३

विश्वकर्मा समुदायका युवा युवतीमा लक्षित बौद्धिकता, सौन्दर्य, प्रतिभा र व्यक्तित्व मापनको प्रतियोगिता मिष्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को फाइनल प्रतिस्पर्धा राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । प्रतियोगितामा बागलुङका दिनेश विश्वकर्मा र धरानकी आकृति शंकर विजेता बन्न सफल भएका थिए । विभिन्न गिफ्ट ह्याम्पर, ट्रफी सहित दुवै विजेताले जनही रु पचास हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा पवन विश्वकर्मा र सोनिया गदाल फस्ट रनर अप तथा राजेन्द« विश्वकर्मा र निरुता विश्वकर्मा सेकेन्ड रनर अपका रुपमा चयन गरिएका थिए । बिग ब्रदर्श इन्टरटेन्मेन्ट र विश्वकर्मा समाज समितिको संयुक्त आयोजनामा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी मोडल तथा अभिनेता दिक्पाल कार्कीले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय