Monday 13 July 2026 / मंगलवार, ३० असार २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको मिस एसईई नेसनल २०२३ को ताज जित्न सफल भएकी छिन् कृतिका रेग्मी । उनी भ्युअर्स च्वाइस विधामा फस्ट रनर अप बनेकी थिइन् । प्रतियोगितामा त्रीदेवी श्रेष्ठ फस्ट रनर अप तथा अदिति ढकाल सेकेन्ड रनर अप छानिएका थिए । त्रीदेवीले फोटोजेनिक विधाको अवार्ड उचाल्दा अदितिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो नाममा सुरक्षित गरेकी थिइन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनर तर्फ सुजिना भण्डारी र फोर्थ रनर अप तर्फ कृस्टिना ढुंगाना विजेता चयन भएका थिए । सुजिना म्यानेज्मेन्ट च्वाइसको पनि हकदार बनेकी थिइन् भने कृष्टिना पब्लिक च्वाइस विधामा फस्ट रनर अप छानिएकी थिइन् ।
युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको यस प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस विधामा विजेता भएकी थिइन् भने पब्लिक च्वाइस विधामा प्रिन्सा थापाले विजेताको रुपमा बाजी मारेकी थिइन् । प्रतियोगितामा समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा पुरस्कृत भएका थिए ।
३२ जना छात्राहरुको सहभागितामा संचालन भएको यस प्रतियोगितामा शिक्षाविद् छविलाल पाण्डे, चलचित्र निर्देशक एवं सम्पादका साहिल खान, मोडल एवं संचारकर्मी रिता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको भूमिका थिए । प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय