भारतको केरेलास्थित कोचीमा हाल विश्वका विभिन्न मुलुकमा सुन्दरीहरुको जमघट भएको छ । सोही जमघटमा नेपालका तर्फबाट आयुशा प्याकुरेलको उपस्थिति रहेको छ । यो जमघट हो मिस ग्ल्याम वल्र्ड २०२३ को प्रतिस्पर्धाको लागि । प्रतियोगिता १६ जून देखि आरम्भ भएको छ र प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जून २३मा संचालन हुँदैछ । व्यवसायिक रनवे मोडलिङमा सक्रिय रहेकी आयुशा प्याकुरेललाई ईभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि.ले मिस ग्ल्याम वल्र्ड नेपाल २०२३ का रुपमा छनौट गरेको हो । ईभेन्ट बेटर ग्यालेक्सी मिस ग्ल्याम वल्र्डका लागि नेपालका लागि आधिकारिक संस्था हो । धीरज तण्डुकार राष्ट्रिय निर्देशक हुन् ।

मिस ग्ल्याम वल्र्ड २०२३को सहभागिताका लागि भारत जानुपूर्व आयुशालाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सम्बन्धी ओरियन्टसन तथा आधारभूत प्रशिक्षण फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रदान गरेका थिए । आयुशाका लागि प्रतियोगिताको वार्डरोब पार्टनर सिआईएफटी हो भने मेकअप पार्टनर ग्लसी गल्र्स । क्लीक क्लीक फोटोग्राफी पार्टनर तथा स्यान्डीज् भिडियो पार्टनर हो ।

मिस ग्ल्याम वल्र्डमा यस अघि सन् २०२२ मा नेपालबाट इरिना श्रेष्ठको सहभागिता रहेको थियो । प्रतियोगितामा इरिनाले उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नुका साथै मिस ग्ल्याम वल्र्ड एडोरेबलको अवार्ड पनि जित्न सफल भएकी थिइन् ।


