Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

पेशाले स्ट्रक्चुरल इन्जिनियर विशाल कटुवालले म्यान अफ द वल्र्ड २०२३मा सफलता हात पारेका छन् । फिलिपिन्सको मेट्रो मनिलाको मकाटीस्थित सामसुङ पर्फमिङ आर्टस् थिएटर गएको १६ जूनमा सम्पन्न म्यान अफ द वल्र्ड २०२३मा नेपालको तर्फबाट सहभागिता जनाएका विशालले मिष्टर मल्टिमिडिया र मिष्टर पर्सनालिटीको अवार्ड जित्न सफल भएका छन् । उनले प्रतियोगितामा टप टेनसम्मको यात्रा पनि तय गरेका थिए भने उनी नेसनल कस्ट्युम तर्फ पनि टप भित्र रहेका थिए । विशालले प्रतियोगितामा प्रस्तुत गरेको नेसनल कस्ट्युम डिजाइनर रविन परियारले तयार पारेका हुन् ।

विशाल यस अघि मिष्टर नेपाल वल्र्ड २०२२ का प्रतिस्पर्धी थिए । उनले प्रतियोगितामा मिष्टर फोटोजेनिकको अवार्ड संगै रनर अप सम्मको यात्रा तय गर्न सफल भएका थिए । पाँचौ संस्करणको म्यान अफ द वल्र्डको फाइनल प्रतिस्पर्धामा दक्षिण कोरियाका जिन वुक किमले मुख्य उपाधि जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय