झन्डै डेढ महिनापछि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएदेखि फागुन २१ गत्तेबाट नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको हो यो चलचित्र प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र हो। ‘ यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ ।
निर्देशक किम्मत गौतमले तयार गर्नुभएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा तिर्थ राम कोजु, हरि थापाको लगानी छ । कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता हरि लामा हुन् ।
एस चलचित्रमा गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना यूवाहरुको कथालाई चलचित्रले उठाएको छ भने छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ।


