२१ फागुन, काठमाडौं । शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको छन ।
नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुलाई भेटेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् । हस्ताक्षर समारोह केहीबेरमा राष्ट्रिय सभागृहमा हुँदैछ । सो समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् ।


